News Griha :: न्यूजगृह
सुर्खेतमा मलामी गएका एकजना भेरी नदीमा बेपत्ता 

काठमाडौं— सुर्खेतमा मलामी गएका एक जना भेरी नदीमा बेपत्ता भएका छन्।  

बेपत्ता हुनेमा पञ्चपुरी नगरपालिका ११ का ६० वर्षीय सज्जन कामी रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सोमबार दिउँसो  मलामी गएका उनी कुइनेस्थित भेरी कर्णाली दोभानमा पौडी खेल्न नदीमा पसेका थिए। 

बेपत्ता भएका कामीको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १९:३१
Weather Update