News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेलले गरे ऐतिहासिक बर्लिनको पर्खाल अवलोकन

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक बर्लिनको पर्खालको अवलोकन गरेका छन्। 

मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति पौडेलले सोमबार तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनको पर्खाललगायत ऐतिहासिक स्थलको अवलोकन गरेका हुन्। सो अवसरमा प्रथम महिला सविता पौडेलसहित भ्रमण दलका अन्य सदस्यहरु पनि सहभागी रहेका छन्। 

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुगेका हुन्। राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच बर्लिनमा आजै भेटवार्ता हुने कार्यक्रम रहेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ।

स्वीटजरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागीपछि उनी जर्मनी भ्रमणमा गएका हुन्। 

राष्ट्रपति पौडेल आगामी असार ५ गते नेपाल फर्किने कार्यक्रम रहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १७:४५
Weather Update