वर्ल्डलिङ्क कम्युनिकेसनका कर्मचारी सवार जीप रुकुम पश्चिममा दुर्घटना, तीनजनाको मृत्यु सोमबार, जेठ २८, २०८१
कस्तो छ आजको मौसम पूर्वानुमान ? सोमबार, जेठ २८, २०८१ हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुई प्रहरीको मृत्यु सोमबार, जेठ २८, २०८१ प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाईकलमा नियमित गस्तीमा खटिएका कमला नगरपालिका–९ घर भएका प्रहरी सहायक निरीक्षक रविन्द्रकुमार ठाकुर र सोही मोटरसाइकलको पछाडि सवार भिमाद नगरपालिका–७ तनहुँ घर भएका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको मृत्यु भएको हो ।
अज्ञात रोगले जुम्लामा २३ भेडा मरे आइतबार, जेठ २७, २०८१ जुम्लाको हिमा गाउँपालिकामा अज्ञात रोगले २३ भेडा मरेका छन्। सो पालिकामा पर्ने नदै पाटन र ठाकुरपानीमा भेडा मरेको स्थानीय वीरबहादुर शाहीले जानकारी दिए। उनले आफ्ना १०, कर्णबहादुर शाहीका छ, अकलबहादुर शाहीका चार र जिरबहादुर शाहीका तीन वटा भेडा मरेको बताए।
अब तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत हुने आइतबार, जेठ २७, २०८१ प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट पुरातात्विक क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न लुम्बिनी विकास कोषले मनोनयन दस्तावेज तयार गरी पेस गरेको छ।
आर्किटेक्ट इञ्जिनियर खोज्दै काठमाडौं महानगर आइतबार, जेठ २७, २०८१ काठमाडौं महानगरपालिकाको श्रम बैंकमा करिब पाँच हजारको आवेदन परे पनि आर्किटेक्ट इञ्जिनियरको भने आवश्यक सङ्ख्या नपुगेको जनाएको छ। काठमाडौं महानगरले गत भदौमा सिप भएका बेरोजगार जनशक्तिलाई श्रम बैंकमा आवद्ध हुन माग गरेको सूचनाअनुसार अहिलेसम्म चार हजार सात सय ७० जनाको आवेदन परेको कामपा श्रम बैंकका ‘फोकल पर्सन’ पवनकुमार ठाकुरले जानकारी...
त्रिविको जग्गा खोजी गर्न गठित समितिले थाल्यो काम आइतबार, जेठ २७, २०८१ त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न गठित पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले आजदेखि काम थालेको छ।
अत्यधिक गर्मी बढेसँगै किसानलाई मौरी जोगाउन कठिन आइतबार, जेठ २७, २०८१ अत्यधिक गर्मीले बाँकेमा मौरीलाई बाँच्नका लागि कठिनाइ भएपछि रुखको छहारीमा लगेर राख्न थालिएको छ। लामो समयदेखि मौरीपालन व्यवसाय गरेका ओम शिवशक्ति मौरीपालन उद्योग तथा पुरमल घरायसी किट जीन बैंक, कोहलपुर नगरपालिका–११ का पुरमल बस्नेतले रानी मौरीले गर्मीका कारण अण्डा पार्न छाडेको जानकारी दिए।
कर्णालीको ‘श्रमाधान’ मेलाः २६७ जनालाई रोजगारीको प्रतिबद्धता आइतबार, जेठ २७, २०८१ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको श्रमाधान रोजगार मेला सम्पन्न भएको छ। गत शुक्रबार र शनिबार सुर्खेतस्थित सिटी हलमा सञ्चालित मेलाको तीन हजार ५०० जनाले अवलोकन गरेका छन्।
ठेकेदार कम्पनी भागेपछि गाउँपालिकाको भवन निर्माण अलपत्र आइतबार, जेठ २७, २०८१ सिरहाको भगवानपुर गाउँपालिकाको आधुनिक सेवासुविधा सहितको प्रशासकीय भवनको निर्माणको काम अलपत्र परेको छ।
नमोबुद्ध–तेमाल सडकका अवैध संरचना भत्काउन ६ महिना समय थप आइतबार, जेठ २७, २०८१ निर्माणाधीन नमोबुद्ध–तेमाल सडकअन्तर्गत तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थानमा मापदण्ड विपरीत बनाइएका भौतिक संरचना भत्काउन ६ महिनाको समयसीमा थपिएको छ।
सहयोग रकमले बन्यो काली सुनारको नयाँ घर आइतबार, जेठ २७, २०८१ गलकोट नगरपालिका–७ मल्म आरानटोलकी ७८ वर्षीया काली सुनारको परिवार वर्षौंदेखि चुहिने छानो भएको एककोठे घरमा बस्दै आएको थियो।
ताप्लेजुङका सामुदायिक विद्यालयमा शैक्षिकस्तर सुधार अभियान आइतबार, जेठ २७, २०८१ ताप्लेजुङका सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्ने उद्देश्यले आठराई त्रिवेणी गाउँपालिकाले १३ बुँदे शैक्षिक घोषणापत्र जारी गरेर अभियान सुरु गरेको छ।