News Griha :: न्यूजगृह
तनहुँमा जङ्गली च्याउ खाँदा ५ जना बिरामी
सांकेतिक तस्बिर

तनहुँ— तनहुँमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी परेका छन्। 

आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङ र ५७ वर्षीय मधु गुरुङ बिरामी परेका छन्। उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। 

त्यस्तै, हिलेखर्ककै ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीया द्रोणपति गुरुङ र ५८ वर्षीया पम्फी गुरुङ पनि बिरामी छन्। उनीहरुको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ। 

देशभर जङ्गली च्याउ खाँदा धेरै बिरामी पर्ने गरेकाले च्याउको प्रकार चिनेर मात्रै खान चिकित्सकहरुले सुझाव दिने गरेका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १२:४७
Weather Update