News Griha :: न्यूजगृह
जहाजले 'टेक अफ' लिने बेला जब धावनमार्गमा स्याल देखियो...
फाइल तस्बिर।

काठमाडौं— जनकपुर विमानस्थलको धावनमार्गमा स्याल कुदेको देखेपछि उड्नै लागेको जहाज अकस्मात् रोकिएको छ।

यो घटना सोमबार बिहान करिब १० बजेको हो। 

जनकपुरबाट काठमाडौं आउन लागेको बुद्ध एअरको ५०४ जहाज धावनमार्गमा २०० मिटर जति गुडिसकेपछि स्याल देखिएको थियो।

त्यसपछि चालकले टेक अफ क्यान्सिल गरेका थिए। बुद्ध एअरका अनुसार स्याल देखिएपछि उडान सुरक्षा मापदण्ड अनुसार टेकअफ बन्द गरिएको थियो।

त्यसपछि सुरक्षित रुपमा पुनः जहाज काठमाडौंका लागि उडेको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  २२:१३
Weather Update