News Griha :: न्यूजगृह
संसद् सचिवालयका कर्मचारीको मागबारे सभामुख निवासमा छलफल

काठमाडौं— सङ्घीय संसद् सचिवालयका कर्मचारीको आन्दोलन उनीहरूको मागबारे सभामुख निवासमा छलफल भएको छ ।  

सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे छलफल भएको हो । 

कर्मचारी आन्दोलनबारे यसअघि सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग पनि छलफल गरेका थिए । 

प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची छ । महत्त्वपूर्ण छलफल भइरहेका बेला कर्मचारीले गरेको असहयोगलाई सभामुखले गम्भीरताका साथ लिएका छन् । 

विभिन्न ११ बुँदे माग राखेर संसद् सचिवालयका कर्मचारीहरुले आन्दोलन गरिरहेका छन्। संघीय संसद् सचिवालयका कर्मचारीहरुको असहयोगका कारण बुधबारको प्रतिनिधि सभा बैठक स्थगित भएको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०८:३८
Weather Update