अछामको छाउपडी घटनाबारे जवाफ दिन गृहमन्त्रीलाई निर्देशनआइतबार, असार ९, २०८१
-1719137154.jpg)
चट्टान आरोहणको केन्द्र बन्दै चुनपहरा आइतबार, असार ९, २०८१ पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरा चट्टान आरोहणको केन्द्रका रुपमा विकास हुँदै गएको छ। यहाँ पर्वतीय पथ प्रदर्शक उत्पादन गर्ने उद्देश्यले विभिन्न सङ्घसंस्थाबाट तालिम लिइरहेका प्रशिक्षार्थीलाई चट्टान आरोहण गराउने गरिन्छ।
भोजपुरको बैकुण्ठेमा बल्ल पुग्यो बिजुली आइतबार, असार ९, २०८१ विद्युत् विस्तारले भोजपुरको रामप्रसादराई गाउँपालिका–६ बैकुण्ठेका स्थानीयको दैनिकीमा सहजता थपिएको छ। भौगोलिक रुपमा विकट रहेका यहाँका सबै स्थानमा विद्युत् विस्तार भएपछि स्थानीयको दैनिकीमा परिवर्तन आएको हो।

क्रसर उद्योग नविकरणको माग राख्दै व्यवसायी आन्दोलित आइतबार, असार ९, २०८१ क्रसर, बालुवा तथा खानी उद्योगहरु तत्काल नवीकरणको माग राख्दै क्रसर व्यवसायीहरूले शान्तीपूर्ण सडक प्रदर्शन गरेका छन्।

मुगुमा बढ्दै मानवअधिकार उल्लंघनका घटना आइतबार, असार ९, २०८१ मुगुमा ६ महिनाको अवधिमा १२ वटा मानवअधिकार उल्लंघनका घटना भएका छन्। आइतबार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका जिल्लाका विवरणमाथि गरिएको अर्धवार्षिक समीक्षामा मुगुमा २०८० मंसिर ३१ गते देखि २०८१ जेठ १९ गतेसम्म १२ ओटा घटनाका उजुरी परेको इन्सेक जिल्ला प्रतिनिधि सर्जन कुमार शाहीले जानकारी गराए।...

टेरामक्स खरिद प्रकरणमा मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध मुद्दा चलाउने तयारीमा अख्तियार आइतबार, असार ९, २०८१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित ‘हाइप्रोफाइल’ व्यक्तिहरुविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ। अर्याल सञ्चार सचिव हुँदा टेरामक्स खरिदमा उनले गरेको निर्णयले राज्यलाई हानी पुगेको भन्दै उनीविरुद्ध मुद्दा चलाउने तयारी अख्तियारले गरेको हो। त्यसमा अन्य हाइप्रोफाइल व्यक्तिहरु समेत पर्न सक्ने अख्तियार...
-1714390029.jpg)
घण्टाघरको घण्टी बज्न छाडेकोमा सांसदको चिन्ता आइतबार, असार ९, २०८१ काठमाडौंको ऐतिहासिक घण्टाघरको मर्मत गर्ने विषयमा संसद्मा आवाज उठेको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् असिम साहले ऐतिहासिक धरोहरको रुपमा रहेको घण्टाघरको घण्टी बज्न छाडेको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

मनसुनमा सुनसान मनाङ आइतबार, असार ९, २०८१ पदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङ हिजोआज सुनसान छ। जेठदेखि भदौसम्म पदयात्रा पर्यटनका लागि ‘अफसिजन’ मानिन्छ। अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङमा अहिले फाट्टफुट्ट मात्र विदेशी पर्यटक भित्रने गरेका छन्।

नदी सफाइ अभियानमा काठमाडौं महानगर आइतबार, असार ९, २०८१ काठमाडौं महानगरपालिकाले यहाँका नदीहरुको सफाइ सुरु गरेको छ। वातावरण विभागअन्तर्गतका ५५ जना कर्मचारीको समूहले रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुसी सफाइ गरिसकेको छ। सफाइ समूहले अहिले इच्छुमती (टुकुचा) नदी सफाइ गरिरहेका छन्।
-1719123145.jpg)
लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ : प्रधानमन्त्री आइतबार, असार ९, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताएका छन्।आइतबार जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आदिवासी जनजातिहरूको परम्परालाई जीवन्त राख्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्ने बताएका हुन्।

अवरूद्ध डुम्रे–बेँसीसहर सडक एकतर्फी खुल्यो आइतबार, असार ९, २०८१ सडकमाथिबाट लेदोसहितको पहिरो खसेर अवरूद्ध भएको डुम्रे–बेँसीसहर सडक एकतर्फी सञ्चालनमा आएको छ।आइतबार बिहानदेखि अवरूद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईँले जानकारी दिए।

सङ्घीय संसद्का कर्मचारीको माग बारे कानुनमन्त्रीको संयोजकत्वमा समिति गठन आइतबार, असार ९, २०८१ सङ्घीय संसद् सचिवालयमा आन्दोलनरत कर्मचारीको मागबारे सहजिकरण गर्ने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनीलाई तोकिएको छ।