झापाको एक ग्यारेजमा आगलागी
काठमाडौं — झापाको अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्कस्थित पदम बडी निर्माण ग्यारेजमा आगलागी भएको छ।
विद्युत् सर्ट भएर आइतबार बिहान आगलागी भएको हो। आगलागी बिहान ८ बजेतिर नियन्त्रणमा आएको हो। आगलागी हुँदा ग्यारेज भित्र रहेको गाडीका पाटपुर्जा, ग्यारेजको टहरो पूर्णरुपमा जलेर नष्ट भएको छ।
आगलागीबाट नौ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार ९, २०८१ ११:१५