News Griha :: न्यूजगृह
क्रसर उद्योग नविकरणको माग राख्दै व्यवसायी आन्दोलित 

काठमाडौं— क्रसर, बालुवा तथा खानी उद्योगहरु तत्काल नवीकरणको माग राख्दै क्रसर व्यवसायीहरूले शान्तीपूर्ण सडक प्रदर्शन गरेका छन्।

क्रसर, बालुवा तथा खानी उद्योग नियमानुसार नवीकरण गर्नुपर्ने,  २०७९ माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले ढुंगा गिट्टीसम्बन्धी भएको निर्णय कार्यान्वयन गर्नुपर्ने लगायत मागहरु राख्दै क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो।

उनीहरुले ‘क्रसर, बालुवा तथा खानी उद्योगहरु तत्काल नविकरण गर’, ‘स्वदेशी पुँजी लगानीको सुरक्षा गर’, ‘मन्त्रिपरषद्को निर्णय कार्यान्वयन गर’ लगायतका प्लेकार्ड बोकेका थिए। 

व्यवसायीहरूले सरकारले क्रसर उद्योगीहरूको माग तत्काल सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १४:५३
Weather Update