News Griha :: न्यूजगृह
अवरूद्ध डुम्रे–बेँसीसहर सडक एकतर्फी खुल्यो

काठमाडौं— सडकमाथिबाट लेदोसहितको पहिरो खसेर अवरूद्ध भएको डुम्रे–बेँसीसहर सडक एकतर्फी सञ्चालनमा आएको छ।

आइतबार बिहानदेखि अवरूद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईँले जानकारी दिए।

शनिबारदेखि परेको पानीले बेँसीसहर नगरपालिका–१ दलालमा बिहान पहिरो खस्दा यातायात ठप्प भएको थियो।

pahiro-new-1-1719123691.jpg‘बिहानै सडक विभागको मेसिनले पहिरो पन्छाएपछि अहिले एकतर्फी सञ्चालन हुने व्यवस्था मिलाइएको छ,’ इन्स्पेक्टर चपाईँले भने।

सडक अवरुद्ध भएपछि लमजुङबाट काठमाडौं, पोखरा तथा चितवन, भैरहवालगायत स्थान जानेआउने र बेँसीसहरतर्फको सवारी आवागमन बन्द भएको थियो।

अहिले एकतर्फी खुलेपछि रोकिएर रहेका सवारी साधनहरूलाई गन्तव्यतर्फ पठाइएको छ।

यसअघि असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ११:४२
Weather Update