News Griha :: न्यूजगृह
पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
फाइल तस्बिर।

चितवन— पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

 इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार उक्त सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान १ः३० बजेदेखि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएसँगै अवरुद्ध सडक बिहान ५ः३० बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ०९:१५
Weather Update