News Griha :: न्यूजगृह
भीर मौरीको टोकाइबाट १३ घाइते

रुकुम पूर्व— भीर मौरीको टोकाइबाट १३ जना घाइते भएका छन्। मौरीको टोकाइबाट भूमे गाउँपालिका–६खाम्दीमा रहेको जनचेतना आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएका हुन्। 

आइतबार बिहान विद्यालयमा प्रार्थना गर्ने समयमा एक्कासि आएको भीर मौरीले टोक्दा विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएको र तीन जनाको अवस्था जटिल रहेको महत स्वास्थ्य चौकीका अहेव हेमराज ओलीले जानकारी दिए।

उनका अनुसार मैरीको टोकाइबाट गम्भीर घाइते हुनेमा विद्यालयका प्रधानाध्यापक दिलकुमारी रोका, १० वर्षीय विद्यार्थी नरमान रोका र उनकी आमा रुचि रोका छन्।

उनीहरूलाई सामान्य उपचारपछि जिल्ला अस्पताल रुकुमकोट रेफर गरिएको अहेव ओलीले जानकारी दिए।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०६:०९
Weather Update