कामु मुख्य सचिवको जिम्मेवारीमा लीलादेवी गडतौला
काठमाडौं— विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव डा. बैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेका छन्।
अर्याल निलम्बनमा परेपछि प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेबारी सम्हाल्ने भएकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिवहरू मध्ये उनी वरिष्ठ हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा करोडौं रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले अर्यालसहितलाई आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
यो पनि
अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार- मुख्य सचिवसहित १२ जनाविरुद्ध मुद्दा, भएको के थियो? [पूर्णपाठ]
प्रकाशित मिति: आइतबार, असार ९, २०८१ २०:३७