News Griha :: न्यूजगृह
अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार- मुख्य सचिवसहित १२ जनाविरुद्ध मुद्दा, भएको के थियो? [पूर्णपाठ] 

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्क स्टिकर छपाईमा अनियमिता गरेको आरोपमा ११ व्यक्ति र एक कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ। 

आइतबार अख्तियारले दायर गरेको मुद्दाको प्रतिवादी बहालवाला मुख्यसचिव डा. बैकुण्ड अर्याल समेत रहेका छन्।  

३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो माग गरिएको प्रकरणमा केही व्यक्ति भने यसअघि नै भ्रष्टाचारका विभिन्न काण्डमा दोषी भइ जेलमा रहेका छन्। 

अख्तियारले तत्कालिन सञ्‍चार सचिव एवं सुरक्षण मुद्रण विकास समितिका तत्कालीन (बहालवाला मुख्यसचिव) अध्यक्ष डा. बैकुण्ठ अर्याल, आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक रितेश कुमार शाक्य, आन्तरिक राजस्व विभागका तत्कालीन उप–महानिर्देशक टंक प्रसाद पाण्डेय, आन्तरिक राजस्व विभागका तत्कालीन निर्देशक गणेश विक्रम शाही, आन्तरिक राजस्व विभागका तत्कालीन शाखा अधिकृत रविन्द्र प्रसाद पौड्याल, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल(हाल जेलमा), राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन खरिद विज्ञ शक्ति प्रसाद श्रेष्ठ, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन शाखा अधिकृत हरिबल्लभ घिमिरे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत विष्णु प्रसाद गौतम रहेका छन्। त्यस्तै  प्रिन्ट सेल प्रालि र  सोका मुख्य व्यक्ति (निर्देशक एवं संचालक) केशव शर्माविरुद्ध समेत मुद्दा दायर गरेको हो। 

माथि उल्लेखित व्यक्ति तथा संस्थाले सम्झौता विपरीत अन्तःशुल्क स्टिकरको खरिद कार्य अगाडि बढाएको र विनियोजित बजेट स्वीकृत खरिद गुरुयोजना तथा कार्यसम्पादन सम्झौतामा उल्लेखित प्रावधान विपरीत सुरक्षण मुद्रण केन्द्रले कार्य अगाडि बढाउँदा राज्यलाई करोडौँ नोक्सान पर्न गएको अख्तियारको दाबी रहेको छ।  

विशेष अदालतमा मुद्दा परेसँगै मुख्यसचिव अर्याल स्वतः निलम्बनमा परेका छन्। उनीविरुद्ध टेरामक्स खरिद प्रकरणमा भएको भ्रष्टाचारको विरुद्धमा समेत अख्तियारले मुद्दा दायर गर्ने तयारी गरेको छ। 

भएको के थियो? पूर्णपाठ हेर्नुहोस्ः

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १८:०१
Weather Update