News Griha :: न्यूजगृह
एसईईको नतिजा भोलि बिहान सार्वजनिक हुने 

काठमाडौं— यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार (भोलि) सार्वजनिक हुने भएको छ। 

राष्ट्रिय परीक्षा बोर्डले सबै तयारी पूरा गरी आजै नतिजा सार्र्वजनिक गर्ने तयारी गरेको थियो। आज नतिजा सार्वजनिक गर्न बोर्डको पदाधिकारी बैठक बसेकोमा केही प्राविधिक तयारी नपुगेको भन्दै भोलि बिहान परीक्षाफल सार्वजनिक गर्न लागिएको हो। 

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक  नन्दलाल पौडेलका अनुसार भोलि बिहान १० बजे परीक्षाफल सार्वजनिक हुनेछ। त्यसको लागि भोलि बिहान ७ बजे बोर्डको बैठक बोलाइएको र त्यसपछि नतिजा सार्वजनिक हुनेछ। 

यस वर्षको एसईई गत चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको थियो। देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १६:५४
Weather Update