News Griha :: न्यूजगृह
अविरल वर्षाले विराटनगर जलमग्न

काठमाडौं— अविरल परेको पानीले निकास नपाउँदा विराटनगर बुधबार जलमग्न भएको छ।

गएरातिदेखि परेको वर्षाले महानगरका १९ वटै वडावासी डुबानबाट प्रभावित भएका छन्।

डुबानका कारण बुधबार अधिकांश विद्यालय बन्द भएका छन्। सडकभन्दा माथि नाली निर्माण हुनु र नालीको पानीले पनि निकास नपाउँदा हरेक वर्ष महानगर डुबानमा पर्दै आएको छ।

डुबानका कारण महानगरका अधिकांश विद्यालय बुधबार बन्द छन्।  

biratnagar-duban-1-1719384473.jpg

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १२:३०
Weather Update