News Griha :: न्यूजगृह
भेरी करिडोरको रिम्नामा सडक अवरुद्ध

सुर्खेत— भेरी करिडोर अन्तर्गत जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना नजिक पहिरोका कारण सडक अवरुद्ध भएको छ।

बुधबार बिहानैदेखि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ।

निरन्तरको वर्षापछि पहिराले सडक अवरुद्ध भएको भेरी करिडोर आयोजनाका प्रमुख सुनिल रञ्जितकारले बताइ।

अहिले पहिरो हटाउने काम भइरहेको छ।

सडक अवरुद्ध हुँदा जाजरकोट, रुकुम पश्चिम र डोल्पा आवतजावत गर्ने यात्रु बाटोमै अलपत्र परेका छन्।   

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १०:२२
Weather Update