तपाईंको दिन कस्तो रहला ? हेर्नुहोस् राशिफलशनिबार, असार १६, २०८०
कस्तो छ शनिबारको मौसम ? शनिबार, असार १६, २०८० देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुवास नेम्वाङ भन्छन्– पहिचानका नाममा पार्टीमाथि ढुंगा हान्नु आश्चर्यको विषय शुक्रबार, असार १५, २०८० नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सत्ता गठबन्धनमा आवद्ध दलले पहिचानका नाममा आफ्नो पार्टीलाई ढुंगा हान्ने गरेको प्रति आश्चर्य लागेको बताएका छन् ।

बाघको छालासहित पक्राउ परेका तीन जना वन कार्यालयमा शुक्रबार, असार १५, २०८०

दिनभरका मुख्य मुख्य समाचार शुक्रबार, असार १५, २०८०

सयौं वर्षमा नभएका काम अहिले भएका छन् : प्रदीप ज्ञवाली शुक्रबार, असार १५, २०८० नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सयौं वर्षमा नभएको काम राजनीतिक परिवर्तन पछि सम्भव भएको बताएका छन् ।

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन शुक्रबार, असार १५, २०८० सडक बन्द हुने र खुल्ने क्रम जारी रहेको छ । जिल्ला ट्रफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले ठूलो पहिरो पन्छाई सकिएको र खसेका पहिरो पन्छाउँदै सडक एकतर्फी सञ्चालनमा ल्याइएको बताए ।

मुख्यमन्त्रीहरूको साझापत्रबारे सरकारमा छलफल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता शुक्रबार, असार १५, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर प्रदेश मुख्यमन्त्री बैठकले निकालेका साझा निष्कर्षको साझापत्रबारे संघीय सरकारमा गम्भीर रूपमा छलफल हुने बताएका छन् ।

पप्पु कन्स्ट्रक्सनका सञ्चालक पक्राउ शुक्रबार, असार १५, २०८०
1687058000.jpg)
बाढीमा बेपत्ता एक जनाको शव १३ दिनपछि भेटियो, १९ अझै बेपत्ता शुक्रबार, असार १५, २०८० सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ । टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए ।

खानेपानी स्वच्छताका विषयमा बन्न लागेका कानुनमा देखिएका कमजोरी सच्याउन सरोकारवालाको सुझाव शुक्रबार, असार १५, २०८० खानेपानी, सरसफाइ र स्वच्छताका विषयमा बन्न लागेका कानुनमा देखिएका कमजोरी सच्याउनुपर्ने सरोकारवालाले सुझाव दिएका छन् ।

कलाकारलाई वान एक्स बेटको प्रचार गर्न लगाउने मुख्य नाइके ढेडु बुढो, ४० लाख रुपैयाँ बुझे शुक्रबार, असार १५, २०८० कलाकारलाई वान एक्स बेटको प्रचारप्रसार गर्न लगाउने मुख्य व्यक्ति भने सरोज घिमिरे (ढेडु बुढो) भएको तथ्य खुलेको छ । उनले वान एक्स बेट तथा त्यसको प्रोमो कोड प्रचार गरेबापत ४० लाख रुपैयाँ लिएको तथ्य खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

करेन्ट लागेर मजदुरको मृत्यु शुक्रबार, असार १५, २०८० सडक निर्माणको क्रममा कटेन्ट लाग्दा राजवंशीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।