News Griha :: न्यूजगृह
करेन्ट लागेर मजदुरको मृत्यु
प्रतीकात्मक तस्बिर ।

सुरुङ्गा— झापाको बिर्तामोडमा करेन्ट लागेर शुक्रबार एक मजदुरको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–३ निवासी ४० वर्षीय धनबहादुर राजवंशी रहेका छन् । शुक्रबार घैलाडुब्बा–बिर्ताबजार सडक खण्डअन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीलाई करेन्ट लागेको थियो । 

सडक निर्माणको क्रममा कटेन्ट लाग्दा राजवंशीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए । रासस

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १५:५३
Weather Update