News Griha :: न्यूजगृह
बाघको छालासहित पक्राउ परेका तीन जना वन कार्यालयमा

बाँके— बाँकेको कोहलपुर नगरपालिका–११ बाट बाघको छाला र हड्डीसहित पक्राउ परेका तीन जनालाई  शुक्रबार प्रहरीले जिल्ला वन कार्यालय बाँकेलाई बुझाएको छ ।

उनीहरूलाई बिहीबार प्रहरीले कोहलपुर नगरपालिकामा जाँच गर्ने क्रममा पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा दैलेखको ठाटीकानडा गाउँपालिका–४ घर भएका सुनील चुनारा, सोही जिल्ला भगवती गाउँपालिका–५ का नवीनकुमार कसेर र अछामको पञ्चदेवल गाउँपालिका–२ का टोपेन्द्र शाही रहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

नेपाल प्रहरीको लुम्बिनी प्रदेशको विशेष टोलीले बाघको छाला र हड्डीको कारोबार हुँदैछ भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको थियो । जिल्ला वन कार्यालयले त्यसको अनुसन्धान भइरहेको जनाएको छ ।  

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  २१:४५
Weather Update