News Griha :: न्यूजगृह
सयौं वर्षमा नभएका काम अहिले भएका छन् : प्रदीप ज्ञवाली

काठमाडौं— नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सयौं वर्षमा नभएको काम राजनीतिक परिवर्तन पछि सम्भव भएको बताएका छन् ।

शुक्रबार नेकपा एमालेले ललितपुरको च्यासलमा आयोजना गरेको जनताको बहुदलीय जनवाद (जबज) सम्बन्धि कार्यक्रममा सचिव ज्ञवालीले वर्गलाई केन्द्रमा राखेर सामाजिक मुद्दालाई पनि साथमा राखेर अगाडि बढ्नुपर्ने बताए ।

उनले भने,‘समाजवाद आउँदैमा महिलाहरूको, जातजातिको समस्या समाधान भइहाल्छ भन्ने होइन । जातिगत रूपमा उठेका सवालको सम्बोधन सोही प्रकारले हुन्छ ।’

सचिव ज्ञवालीले उत्पादनको साधनमाथि नागरिकको पहुँच नभए त्यसकाे अर्थ नहुने भन्दै राज्यको आर्थिक पहुँचमा सबैले समान अवसर पाउनु पर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १९:३५
Weather Update