News Griha :: न्यूजगृह
पप्पु कन्स्ट्रक्सनका सञ्चालक पक्राउ

काठमाडौं— नेपाल प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई पक्राउ गरेको छ ।

प्रहरी वृत नयाँबानेश्वरको टोलीले शुक्रबार रौनियारलाई बानेश्वरबाट पक्राउ गरेको हो ।

रौनियारविरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगीसम्बन्धी उजुरी परेको थियो । सोही उजुरीका आधारमा रौनियारलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए ।

अख्तियारले विशेष अदालतमा रौनियारविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको सांसद पद निलम्बनमा परेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १८:२४
Weather Update