News Griha :: न्यूजगृह
शुक्रबार तपाईंको राशिफल
शुक्रबार तपाईंको राशिफल
ताप्लेजुङमा बाढीपहिरोको जोखिममा रहेका बस्ती स्थानान्तरण गरिने
ताप्लेजुङमा बाढीपहिरोको जोखिममा रहेका बस्ती स्थानान्तरण गरिने ताप्लेजुङमा बाढीपहिरोबाट उच्च जोखिम बस्तीलाई स्थानान्तरण गरिने भएको छ ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
विदेश जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइयो
विदेश जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइयो त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शङ्का लागेर यही असार २५ गते ३७, असार २७ गते  १०१ र आज १८ जना गरी १५६ जनालाई फर्काइएको हो । 
मिटरब्याज पीडितको आठ बिघा जग्गा फिर्ता
मिटरब्याज पीडितको आठ बिघा जग्गा फिर्ता गृह मन्त्रालयका अनुसार उनीहरूले अहिलेसम्म आठ बिघा आठ कठ्ठा नौ धुर जमिन फिर्ता पाएको र अझै मेलमिलापमार्फत फिर्ता हुने क्रम जारी रहेको छ । यसरी जग्गा फिर्ता पाउनेमा ४५ जना पीडित रहेका छन् ।
नेपालीलाई म्यान्मार लगेर ‘अनलाइन स्क्यामिङ’मा लगाउने चिनियाँ नागरिक पक्राउ, अनुसन्धानमा म्यानमारको असहयोग
नेपालीलाई म्यान्मार लगेर ‘अनलाइन स्क्यामिङ’मा लगाउने चिनियाँ नागरिक पक्राउ, अनुसन्धानमा म्यानमारको असहयोग प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीले चिनियाँ नागरिक ४२ वर्षीय जोनसन नाम बताउने लिआङ जून छन् । चीनको गान्सु प्रान्तका उनलाई ब्युरोको टोलीले बुधबार पक्राउ गरेको हो । यो घटनामा थप २ जना चिनियाँ नागरिकको संलग्नता रहेको खुलेको छ । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सेनाको संख्या निर्धारण राष्ट्रिय आवश्यकताको आधारमा : उपप्रधानमन्त्री खड्का
सेनाको संख्या निर्धारण राष्ट्रिय आवश्यकताको आधारमा : उपप्रधानमन्त्री खड्का उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या राष्ट्रिय आवश्यकताको आधारमा निर्धारण हुने बताएका छन् । हाल सेनामा ८१ हजार २७७ जना कार्यरत रहेको उनले जानकारी दिए ।
डोटीमा चट्याङ लागेर एकको मृत्यु
डोटीमा चट्याङ लागेर एकको मृत्यु डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बडिकेदार गाउँपालिका–५ दुदीलागाउँमा चट्याङ लाग्दा स्थानीय ६६ वर्षीय हर्कबहादुर बोहराको मृत्यु भएको प्रहरी चौकी खड्यौलीका इन्चार्ज भष्करदत्त पन्तले जानकारी दिए । 
लम्पी स्किन संक्रमणबारे कृषिमन्त्रीले संसद्लाई गराए जानकारी
लम्पी स्किन संक्रमणबारे कृषिमन्त्रीले संसद्लाई गराए जानकारी कृषि तथा पशुपन्छी विकासमन्त्री, वेदुराम भुसालले पुश चौपायमा देखिएको लम्पी स्किनको समस्या समाधानका लागि सरकारले आवश्यक सबै उपाय अपनाएको दाबी गरेका छन् । 
गाँजाको व्यावसायिक उत्पादनबारे अध्ययन सम्पन्न : कानुनमन्त्री गुरुङ
गाँजाको व्यावसायिक उत्पादनबारे अध्ययन सम्पन्न : कानुनमन्त्री गुरुङ ‘गाँजाजन्य पदार्थको उत्पादन, बिक्रीवितरण, निकासी पैठारी, ओसारपसार, भण्डारण तथा उपयोग गर्ने व्यवस्था गर्ने र सोबाट समाजमा  पर्न गएको सकारात्मक तथा नकारात्मक असर तथा अन्तर्राष्ट्रिय अभ्यास समेतको आधारमा नेपाल कानुन आयोगबाट अध्ययन प्रतिवेदन तयार भइ आवश्यक कारबाहीको लागि प्रतिवेदन गृहमन्त्रालयमा पठाइसकेको छ,’ उनले भने । 
Weather Update