News Griha :: न्यूजगृह
वैदेशिक रोजगारीलाई नै देश विकासको आधार मान्नुपर्ने अवस्था छ : मन्त्री भण्डारी
वैदेशिक रोजगारीलाई नै देश विकासको आधार मान्नुपर्ने अवस्था छ : मन्त्री भण्डारी ‘वैदेशिक रोजगारमा जानु भनेको बाध्यता हो । नेपालको अहिलेको परिस्थिति, रोजगारको अवस्था, आर्थिक स्थिति र अहिले रहेको राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक मन्दी सम्पूर्ण कुराले गर्दा नेपालको रोजगारको क्षेत्रमा जुन प्रभाव परेको छ, अहिले बाध्यात्मक अवस्था भए पनि केही वर्षलाई हामीले वैदेशिक रोजगारीलाई नै नेपालको समष्टिगत रूपमा विकासको आधार मान्नुपर्ने अवस्था छ...
चितवनका एक लाख ६६ हजार जनसंख्या बाढीपहिरोबाट प्रभावित हुने
चितवनका एक लाख ६६ हजार जनसंख्या बाढीपहिरोबाट प्रभावित हुने चितवनमा बाढीले कटान र डुबानसँगै पहिरोका कारण एक लाख ६६ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ । बाढीका कारण कटान र डुबानमा ४६ हजार पाँच सय ७० घरधुरीका एक लाख ५८ हजार जनसंख्या प्रभावित हुने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
नगर प्रहरी र व्यापारीबीच झडप
नगर प्रहरी र व्यापारीबीच झडप दुवैपक्ष बीचको झडपमा यादव सहित पाँच नगर प्रहरी घाइते भएका छन् । सोही झडपमा परी करिब एक दर्जन व्यापारी पनि घाइते भएको नेपाल तरकारी फलफूल खुद्रा व्यापारी संघका अध्यक्ष दिपलाल साहले जानकारी दिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असार २७ गते काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका केशव तुलाधरलाई सानो भर्‍याङबाट पक्राउ गरेको हो ।
सरकारले ठगी गर्ने सहकारीहरूलाई कारबाही गर्छ : मन्त्री श्रेष्ठ  
सरकारले ठगी गर्ने सहकारीहरूलाई कारबाही गर्छ : मन्त्री श्रेष्ठ   बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले भनिन्, ‘सहकारी ठगी गर्नेलाई प्रचलित कानुनबमोजिम जाँचबुझ गरी कारबाहीको प्रक्रिया अघि बढाएका छौँ ।’
हेंवा खोलाले बहाव बदल्दा तटीय क्षेत्रमा जोखिम
हेंवा खोलाले बहाव बदल्दा तटीय क्षेत्रमा जोखिम बाढीले तटीय क्षेत्रका सबै संरचना, बालीनाली तथा पूर्वाधारमा क्षति पुर्‍याएपछि जनजीवन असामान्य बनेको छ । चार वटा मोटरेबल पुल बगाएको हेंवा खोलाले तटीय क्षेत्रमा रहेको हजारौँ रोपनी खेतीयोग्य जमिनलाई खण्डहरमा परिणत गरेको छ । तर, त्योभन्दा मुख्य कुरा हेंवा खोलाले ठाउँ–ठाउँमा बहाव बदलेको छ । यसले तटीय क्षेत्रमा जोखिम बढाएको...
कर्णालीको बाढीले टीकापुर र जानकीमा कटान
कर्णालीको बाढीले टीकापुर र जानकीमा कटान कैलालीको टीकापुर क्षेत्रमा कर्णाली नदीले बर्सेनि सयौँ बिघा जमिन कटान गर्दछ । बर्खा लाग्न सुरु भएपछि यहाँका नागरिकलाई हरेक वर्ष नदी कटान तथा डुबानको त्रासले सताउँछ । यस वर्ष पनि नदी कटान हुन थालेपछि टीकापुर नगरपालिकाका तटीय क्षेत्रका नागरिक त्रसित छन् । नदीमा पानीको बहाव बढ्न थालेपछि यहाँ कर्णाली नदीको...
काभ्रेपलाञ्चोकमा तीन हजार सात सय घर उच्च जोखिममा
काभ्रेपलाञ्चोकमा तीन हजार सात सय घर उच्च जोखिममा काभ्रेपलाञ्चोकमा यस वर्षको ‘मनसुनजन्य विपद्’मा तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेका छन् । सबैभदा बढी मण्डनदेउपुर नगरपालिकाका बासिन्दा जोखिममा रहेको अनुगमन तथा निरीक्षणको तथ्याङ्कले देखाएको छ । 
नारायणी लिफ्टबाट पानी छोड्न समय लाग्ने, किसान पानी आउने दिन गन्दै
नारायणी लिफ्टबाट पानी छोड्न समय लाग्ने, किसान पानी आउने दिन गन्दै लामो समयको खडेरीका कारण धान रोप्न नपाएका यहाँका किसान नारायणी सिँचाइ आयोजनाबाट पानी नछोड्दा अझै अन्योलमा छन् । यस सिँचाइ आयोजनाबाट पानी छोडेर धान रोप्ने किसान पानी छोड्ने दिन गन्दै बसेका छन् । लिफ्टबाट पानी छोड्न समय लाग्ने भएको छ ।
गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु
गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । चट्याङ लागेर मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो । 
बेल्टारी र दर्पुक जोड्न नयाँ मोटरेवल पुल बनाइँदै
बेल्टारी र दर्पुक जोड्न नयाँ मोटरेवल पुल बनाइँदै कालीगण्डकी नदीमाथि गण्डकी प्रदेश र लुम्बीनी प्रदेश जोड्ने मोटरेवल पुल निर्माणको काम धमाधम भइरहेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बेल्टारी र पाल्पाको बगनासकाली गाउँपालिका–६ दर्पुक जोड्न नयाँ मोटरेवल पुल बन्न लागेको हो ।
Weather Update