नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक पक्राउ

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असार २७ गते काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका केशव तुलाधरलाई सानो भर्याङबाट पक्राउ गरेको हो ।
उनीमाथि ठगी तथा संगठित अपराध समेतको कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण, एमाले नेता टोपबहादुर रायमाझीलगायतका नेताहरु हाल पुर्पक्षका लागि थुनामा छन् ।
प्रकाशित मिति: बिहीबार, असार २८, २०८० १४:०८