News Griha :: न्यूजगृह
बेँसीसहर–चामे सडक दुई दिन बन्द हुने, पुल बनाइँदै
बेँसीसहर–चामे सडक दुई दिन बन्द हुने, पुल बनाइँदै यस सखडकखण्डको तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले काठेपुल निर्माणका लागि बिहीबार बिहान १० बजेदेखि शुक्रबार साँझ ५ बजेसम्मको लागि सडक बन्द हुने डुम्रे बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।
ट्राफिक नियम उल्लंघन गर्ने झन्डै नौ लाख सवारीसाधन कारबाहीमा
ट्राफिक नियम उल्लंघन गर्ने झन्डै नौ लाख सवारीसाधन कारबाहीमा ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लंघन गर्ने आठ लाख ७६ हजार एक सय ४१ सवारीसाधनलाई कारबाही गरेको छ ।
आज कस्तो रहला देशभरको मौसम ?
आज कस्तो रहला देशभरको मौसम ? कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहँदा बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
छुट्टाछुट्टै स्थानमा चार मृत फेला
छुट्टाछुट्टै स्थानमा चार मृत फेला काठमाडौं महानगरपालिका–३० डिल्लीबजारस्थित रौतहट घर भएका शम्भु साहको गोदाममा काम गर्ने बाराको सुवर्ण गाउँपालिका–३० औरीया घर भई काठमाडौंको डिल्लीबजार बस्ने ३० वर्षीय जयलाल राम गोदामको शौचालयमा मृत अवस्थामा फेला परेका छन् ।
सीता दाहालको निधनले माओवादी केन्द्र र वाम आन्दोलनलाई क्षति : चित्रबहादुर केसी
सीता दाहालको निधनले माओवादी केन्द्र र वाम आन्दोलनलाई क्षति : चित्रबहादुर केसी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
माओवादीका यी चार नेता भन्छन्- सीता दाहाल प्रचण्डको असली सल्लाहकार
माओवादीका यी चार नेता भन्छन्- सीता दाहाल प्रचण्डको असली सल्लाहकार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई नेकपा माओवादी केन्द्रका नेताकार्यकर्ताले संकटमा जोगाउने र सबैलाई मिलाएर लैजाने अभिभावकमारुपमा लिने गरेको स्मरण गरेका छन् ।
संरक्षित जरायोको मासु भागबण्डा गरिरहेको अवस्थामा चार पक्राउ
संरक्षित जरायोको मासु भागबण्डा गरिरहेको अवस्थामा चार पक्राउ सुर्खेतको काँक्रेविहार वनमा संरक्षित गरेका जरायो मारेको आरोपमा चार जना पक्राउलाई प्रहरीले पक्राउ गरेको छ ।
पशु किसानहरू धर्नामा : लम्पी स्किन रोग नियन्त्रण र पीडितलाई तत्काल क्षतिपूर्ति दिन सरकारलाई दबाब
पशु किसानहरू धर्नामा : लम्पी स्किन रोग नियन्त्रण र पीडितलाई तत्काल क्षतिपूर्ति दिन सरकारलाई दबाब पीडित किसानहरूले पशु आफूहरूका लागि बीमाको भुक्तानी गर्न पनि सरकारले ढिलाइ गर्न नहुने बताएका छन् । लम्पी स्किन महामारीका कारण विस्थापित किसानहरूको पुनःस्थापना र उनीहरूका लागि बीमाको भुक्तानी गर्न पनि सरकारसँग माग गरिएको अखिल नेपाल किसान महासंघ काठमाडौंका इन्चार्ज पुस्कर प्याकुरेलले बताए ।
बागलुङको रिस्मी गाउँमा स्थानीय जातका भैँसी संरक्षण
बागलुङको रिस्मी गाउँमा स्थानीय जातका भैँसी संरक्षण पछिल्लो समय आयातित भैँसीका जात भित्रिँदा स्थानीय लिमि र पाराकोटे जातका भैँसी लोप हुने खतरा बढेको भन्दै रिस्मी गाउँमा स्थानीय जातका भैँसी संरक्षण अभियान थालिएको केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले बताए । केन्द्रले स्थानीय जातका भैँसी संरक्षणका लागि किसानका लागि बर्सेनि प्रोत्साहनका कार्यक्रम ल्याउने तयारी गरिरहेको जनाएको छ ।
दैलेखमा सहुलियतको खाद्यान्न अभाव
दैलेखमा सहुलियतको खाद्यान्न अभाव दैलेखमा सहुलियतमा बिक्री गर्दै आएको खाद्यान्न अभाव भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा हाल तीन सय ३५ क्वीन्टल मात्रै खाद्यान्न स्टक छ । यो खाद्यान्न आपत्कालीन अवस्थाका लागि र कारागारामा रहनेका लागि मात्रै भएको दैलेख शाखाका निमित्त शाखा प्रमुख रवीनकुमार रेग्मीले बताए । 
Weather Update