News Griha :: न्यूजगृह
छुट्टाछुट्टै स्थानमा चार मृत फेला

काठमाडौं— छुट्टाछुट्टै स्थानमा बुधबार चार जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका–३० डिल्लीबजारस्थित रौतहट घर भएका शम्भु साहको गोदाममा काम गर्ने बाराको सुवर्ण गाउँपालिका–३० औरीया घर भई काठमाडौंको डिल्लीबजार बस्ने ३० वर्षीय जयलाल राम गोदामको शौचालयमा मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका–१९ यट्खास्थित पाटीमा नाम, थर, वतन नखुलेका करीब ४५ वर्षीय पुरुष र सोही महानगरपालिका–३१ शान्तिनगर सुकुम्बासी डेरा गरी बस्ने हाल नाम, थर, वतन, नखुलेकी करीब ३६ वर्षीया महिला आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित प्यारातालको नालामा स्थानीय ६५ वर्षीय नरबहादुर सुनार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०६:०५
Weather Update