News Griha :: न्यूजगृह
एमालेबाट निर्वाचित नगर प्रमुखले दिइन् प्रचण्डसहित परिवार र इष्टमित्रलाई श्रद्धाञ्जली!

काठमाडौं— नेकपा एमालेबाट निर्वाचित सुनवल नगरपालिकाकी नगर प्रमुख विमला अर्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित परिवार र इष्टमित्रलाई श्रद्धाञ्जली दिएकी छन् ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाकी प्रमुख अर्यालले पालिकाको आधिकारिक लेटरहेडमार्फत प्रधानमन्त्री प्रचण्डकी धर्मपत्नी सीता दाहाललाई श्रद्धाञ्जली र परिवारप्रति समवेदना दिने क्रममा प्रचण्डसहित परिवार र इष्टमित्रलाई पनि श्रद्धाञ्जली दिएर गम्भीर त्रृटि गर्दै मानवीय संवेदनामाथि खेलबाड गरेकी हुन् ।

नगरप्रमुख अर्यालद्वारा हस्ताक्षरित शोक वक्तव्यमा लेखिएको छ,‘यस दुःखद् घडीमा मृत आत्माको चीर शान्तिको कामनासहित सम्माननीय प्रधानमन्त्रीज्यू, शोकसन्तप्त परिवारजन र इष्टमित्रप्रति सुनवल नगरपालिका हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।’

त्यसैगरी नगर प्रमुख अर्यालले जारी गरेको अर्को शोक वक्तव्यमा सच्याए ‘हार्दिक समवेदना’ लेखिएको छ ।

यस विषयमा न्यूजगृहले बुझ्न फोन सम्पर्क गर्दा नगर प्रमुख अर्याल पूजामा व्यस्त रहेको जानकारी प्राप्त भएको छ । फोन कार्यालय सहयोगी बताउने एक महिलाले उठाएकी थिइन् ।  

हेर्नुहोस् शोक वक्तव्य

bimala s1689219095.jpg
पहिले जारी भएको शोक वक्तव्य ।
bimalaa1689219067.JPG
सच्याएर जारी भएको शोक वक्तव्य ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०९:१२
Weather Update