सीता दाहालको निधनले माओवादी केन्द्र र वाम आन्दोलनलाई क्षति : चित्रबहादुर केसी

काठमाडौं— राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष केसीले बुधबार शोक विज्ञप्ति जारी गरी नेकपा माओवादी केन्द्रकी नेतृसमेत रहेकी दाहालको निधनले आफूलाई ज्यादै दुःखी तुल्याएको बताए ।
उनले मृतक दाहालप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।
अध्यक्ष केसीले दाहालको निधनले माओवादी केन्द्र र नेपालको वाम आन्दोलनलाई क्षति पुगेको बताए ।
केसीले शोकाकुल माओवादी केन्द्रलाई शोकलाई शक्तिमा परिणत गर्ने क्षमता प्राप्त होस् भन्ने कामनासमेत गरेका छन् ।
प्रकाशित मिति: बुधबार, असार २७, २०८० २२:१८