दिनभरका मुख्य मुख्य समाचारशुक्रबार, असार २९, २०८०

‘कुनै पनि सन्दर्भमा भ्रष्टाचार स्वीकार्य हुँदैन’ शुक्रबार, असार २९, २०८० प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सुशासन कायम गर्न राजनीतिक दलसँगै पत्रकारिता जगतले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् ।

आठराई त्रिवेणी गाउँपालिकामा सुत्केरीलाई पोषणयुक्त खाद्य प्याकेज शुक्रबार, असार २९, २०८० गाउँपालिकाका विभिन्न वडा तथा टोलमा पुगेर सुत्केरीलाई पोषणयुक्त खाद्य प्याकेज प्रदान गरिरहेको गाउँपालिका उपाध्यक्ष शान्ता आङ्बुहाङले जानकारी दिइन् ।

केरुङ प्रवेशको परिचयपत्र सहज गराउन आग्रह शुक्रबार, असार २९, २०८० नेपाल–चीन बीचको उत्तरी नाका रसुवागढीबाट केरुङ जान पाउने परिचयपत्र सहज रूपले उपलब्ध गराउन व्यवसायीले आग्रह गरेका छन् । व्यवसायी आफै केरुङ जान नपाउँदा सवारी साधन मात्र पठाउनुपर्ने बाध्यता रहेकाले रसुवागढीबाट केरुङ जाने परिचयपत्र सहज रूपले उपलब्ध गराउन उनीहरूले आग्रह गरेका हुन् ।

ताप्लेजुङमा ग्यास र पेट्रोलिय पदार्थको अभाव शुक्रबार, असार २९, २०८० पाँचथरको हेंवा खोलामा बेलिब्रिज समयमै नबनेपछि ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ ।

चमेलिया–स्याउले–अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा शुक्रबार, असार २९, २०८० अब त्यस क्षेत्रमा उत्पादित दुई सय ५० मेगावाटसम्म विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ । त्यहाँ उत्पादित विद्युत् स्थानीय रूपमा आपूर्ति हुँदा बाँके जिल्लाको कोहलपुर र पश्चिम क्षेत्रमा भोल्टेजमा सुधार हुने भएको छ ।

कोशी ब्यारेजमा ट्रक खस्यो शुक्रबार, असार २९, २०८० नदीमा झरेको ट्रकमा सवार चालक र अन्य व्यक्तिलाई सकुशल उद्धार गरिएको छ । यसैबीच कोशीमा खसेका ट्रकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएका छ ।

विपतपुरका आगलागी पीडितलाई पक्की घर शुक्रबार, असार २९, २०८० कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका आगलागी पीडितले नयाँ पक्की घर पाएका छन् । आगलागी पीडितले नयाँ पक्की घर पाएपछि विपतपुर टोलका स्थानीय बासिन्दामा खुसीयाली छाएको छ ।

पहिरोले बुर्तिबाङ–पूर्वी रुकुम सडकखण्ड अवरुद्ध शुक्रबार, असार २९, २०८० अविरल वर्षाका कारण पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध बनेको छ । लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला कालापैरामा माथिदेखि झरेको लेदो सहितको पहिरोले सडक अवरुद्ध भएको हो ।

स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ शुक्रबार, असार २९, २०८० सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाका अनुसार बाँकेको जयसपुरका कुरेशी मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गर्दा पक्राउ परेका हुन् ।

दुर्घटनामा दुई जनाको मृत्यु शुक्रबार, असार २९, २०८० गएराति भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बाजेको कुटाइबाट नातिको मृत्यु शुक्रबार, असार २९, २०८० कुटपिटको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते शुक्रबार, असार २९, २०८० बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन् । बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन् ।