News Griha :: न्यूजगृह
पर्वतको गौडामुनिमा जीप दुर्घटना, एकको मृत्यु, ११ घाइते
पर्वतको गौडामुनिमा जीप दुर्घटना, एकको मृत्यु, ११ घाइते पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गएराति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नंको जीप दुर्घटनामा परेको थियो ।
अशक्तलाई घरमै नागरिकता
अशक्तलाई घरमै नागरिकता विभिन्न समस्याका कारण नागरिकता पाउनबाट बञ्चित भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता दिन सुरुआत गरेको छ । नागरिकताबाट बञ्चित जिल्लाको पूर्वी अरुण गाउँपालिकाका तीन जनालाई प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको छ ।
भूत भगाएर मनाइयो भक्तपुरमा गठाःमुग, यस्तो छ किम्बदन्ती
भूत भगाएर मनाइयो भक्तपुरमा गठाःमुग, यस्तो छ किम्बदन्ती जब साँझ ढल्दै थियो, नगर टोलका चोक–चोकमा महिला, पुरुष, बालबालिका, युवायुवतीको उपस्थिति बाक्लिदै गयो । बालबालिका, युवा एवं पुरुषहरुले हातहातमा छ्वालीको राँको बाल्दै अघि–अघि बिभिन्न नारा लगाउदै र अर्को समूहले राक्षसरुपी गठाःमंगलाई बोकेर गीत गाउँदै चौबाटो, दोबाटो र नगर एवं टोल बाहिर खोला किनारा, मन्दिरको अगाडि चोकमा लगेर त्यसलाई बालेर...
सोमबारदेखि भारी वर्षाको सम्भावना
सोमबारदेखि भारी वर्षाको सम्भावना जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही, कोशी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ । 
वैदेशिक क्षेत्रका दुई लाख १६ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध
वैदेशिक क्षेत्रका दुई लाख १६ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेक्रम बढेको छ । हालसम्म दुई लाख १६ हजार ८२ श्रमिक योजनामा आबद्ध भएको कोषले जनाएको छ । 
पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु धार्चे गाउँपालिका–२ केरौजा घर भएका १५ वर्षीय कबिन्स गुरुङको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए । 
झुलाघाट नाका बिहान ६ बजेदेखि खुल्ने, बन्यो मोटरेबल पुलको डीपीआर
झुलाघाट नाका बिहान ६ बजेदेखि खुल्ने, बन्यो मोटरेबल पुलको डीपीआर भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ । नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले बैतडीसँग जोडिएको झुलाघाट नाका खोल्नेबारे उक्त सहमति भएको हो । 
जावलाखेलमा ल्याइयो पोथी कृष्णसार
जावलाखेलमा ल्याइयो पोथी कृष्णसार बर्दियास्थित कृष्णसार संरक्षण क्षेत्रबाट टुहुरो अवस्थामा रहेको पोथी कृष्णसार ‘चेल्सी’ लाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ल्याइएको छ । कोर क्षेत्रमा पाँच महिनाअगाडि माउबाट विछोड भएको अवस्थामा उक्त पोथी कृष्णसार भेटिएको थियो । 
लापसे गरी सवारी चलाउने १४९ चालक कारबाहीमा
लापसे गरी सवारी चलाउने १४९ चालक कारबाहीमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चालकलाई नियन्त्रणमा लिइ आवश्यक कारबाही गरिएको हो ।
मनाङमा मनाइयो छेटु अर्थात् मितेरी पर्व 
मनाङमा मनाइयो छेटु अर्थात् मितेरी पर्व  हिमाली जिल्ला मनाङमा छेटु अर्थात् मितेरी पर्व मनाइएको छ । भ्रातृत्व, दिदीबहिनीका साथै आफन्तमा एकता कायम गराउने पर्वका रूपमा मितेरी पर्व मनाउने गरिन्छ । 
बाढीले सीमा स्तम्भ बगायो
बाढीले सीमा स्तम्भ बगायो निरन्तर वर्षासँगै कमलखोलामा आएको बाढीले दशजगामा रहेको १४०/१५ नंको सीमा स्तम्भ (पिलर) बगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
Weather Update