News Griha :: न्यूजगृह
बागलुङमा एक पुरुषको शव फेला
बागलुङमा एक पुरुषको शव फेला बागलुङमा एक पुरुषको शव फेला परेको छ । गलकोट नगरपालिका–५ भैँसेस्थित खरबारीमा ताराखोला गाउँपालिका–५ सानो हिलेका ४० वर्षीय झलिराम पुन मगरको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।
भारततर्फ सडक निर्माण गर्दा नेपालमा क्षति
भारततर्फ सडक निर्माण गर्दा नेपालमा क्षति भारतको पिथौरागढ जिल्ला धारचुला तहशिलअन्तर्गतको नयाँबस्तीमा सडक निर्माणका क्रममा उछिट्टिएको ढुङ्गाले नेपालतर्फ महाकाली नगरपालिका–५ मसिनीबलुवाका तीन स्थानीयवासीको घर र गोठमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 
विपन्न परिवारलाई जस्ताको छानो
विपन्न परिवारलाई जस्ताको छानो भोजपुरको हतुवागढी गाउँपालिकाले अतिविपन्न एक सय छ परिवारलाई जस्ता पाताको छानो राख्न सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवारको पहिचान गरेर गाउँपालिकाले फुसको छानो हटाउन सहयोग गरेको हो । गाउँपालिकाले गत र यो आर्थिक वर्षमा रु ७० लाख बजेट विनियोजन गरेर जस्तापाताको छानो फेरिदिएको छ ।
राना थारु समुदायका महिलाले तीज पर्व भदौ २ मा मनाउने
राना थारु समुदायका महिलाले तीज पर्व भदौ २ मा मनाउने साउन महिनाको शुक्लपक्षको तृतीया तिथिमा मलमास परेपछि तीज पर्व भदौ २ गते मनाउने निर्णय गरिएको नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले बताए ।
गठामुंगः पर्व मनाउँदै नेवार समुदाय
गठामुंगः पर्व मनाउँदै नेवार समुदाय साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा शनिबार काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्णको पूजा गरी धुमधामले गठामुंगः पर्व मनाउँदै छन् ।
कालीगण्डकी, नारायणी र कोशीमा जलसतह बढ्यो
कालीगण्डकी, नारायणी र कोशीमा जलसतह बढ्यो नवलपरासीको विनयी, अरुण, गिरुवारी खोला, नवलपुरलगायत ती क्षेत्र भएर बग्ने स–साना खोलामा आकस्मिक बाढीको सम्भावना रहेको छ ।
सशस्त्र प्रहरीद्वारा ३ ट्रकसहित १ करोड २१ लाखका सामान बरामद
सशस्त्र प्रहरीद्वारा ३ ट्रकसहित १ करोड २१ लाखका सामान बरामद सशस्त्र प्रहरी बल नेपालले भन्सारबाट वीरगञ्जतर्फ आउँदै गरेका ३ ट्रकसहित १ करोड २१ लाखका सामान बरामद गरेको छ ।
नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुडिँदा आवतजावत बन्द
नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुडिँदा आवतजावत बन्द ‘झोलुङ्गे पुलको भारततर्फ लठ्ठा भाँचिएको छ,पुलको मर्मतपछि मात्र आवागमन गर्न अनुरोध गरेका छौँ’,सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले भने । 
यी प्रदेशमा बिहानैदेखि वर्षा
यी प्रदेशमा बिहानैदेखि वर्षा जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 
Weather Update