News Griha :: न्यूजगृह
कालीगण्डकी, नारायणी र कोशीमा जलसतह बढ्यो

काठमाडौं— कालीगण्डकी, नारायणी र कोशीमा जलसतह बढेको छ । बाढी पूर्वानुमान महाशाखाले ती नदी तटीय क्षेत्रमा बाढीको चेतावनीसहित उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार गएराति नवलपरासीको बर्दघाट र डन्डा आसपासको क्षेत्र, पाल्पा, स्याङ्जा, तनहुँ र कास्कीमा ठूलो पानी परेको छ ।

नवलपरासीको विनयी, अरुण, गिरुवारी खोला, नवलपुरलगायत ती क्षेत्र भएर बग्ने स–साना खोलामा आकस्मिक बाढीको सम्भावना रहेको छ ।

त्यस्तै पाल्पाको निस्ती खोलालगायत आसपासका क्षेत्रमा पनि बाढीको जोखिम छ । कोशीमा जलसतह बढ्दा महोत्तरीको जलेश्वर आसपासमा बाढीको जोखिम छ ।

badhi1689383984.png

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ०७:०२
Weather Update