News Griha :: न्यूजगृह
‘कुनै पनि सन्दर्भमा भ्रष्टाचार स्वीकार्य हुँदैन’

काठमाडौं— प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सुशासन कायम गर्न राजनीतिक दलसँगै पत्रकारिता जगतले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक दलसँगै पत्रकारिता क्षेत्रले सुशासन कायम गर्न सहकार्य गर्नुपर्ने बताए ।

‘कुनै पनि सन्दर्भमा भ्रष्टाचार स्वीकार्य हुँदैन । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति निर्माण गर्न नसकेसम्म सुशासन कायम गर्न सकिँदैन’,उनले भने,‘त्यसैले सुशासन कायम गर्ने सन्दर्भमा पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका हुन्छ ।’

नागरिकको समस्या र आवश्यकताका विषयमा आम सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १९:०३
Weather Update