दुर्घटनामा दुई जनाको मृत्यु

झापा— गएराति भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल खोलाको पुलमा प्र१–०१–००२ ह २६७ नम्बरको अटो र मे ७ प ८५९४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार झापाको बुद्धशान्तिका ४० वर्षीय उपेन्द्र सिग्देलको मृत्यु भएको छ ।
मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका– ११ का ५७ वर्षीय जीवन सुवेदी घाइते छन् । प्रहरीले अटोचालक झापा गाउँपालिका– २ का ३० वर्षीय श्यामसुन्दर महतोलाई नियन्त्रणमा लिएको छ ।
त्यसैगरी मेचीनगर– १२ धाइजनस्थित मेची राजमार्गमा नम्बर नखुलेको जीपको ठक्करबाट पैदलयात्री स्थानीय ३५ वर्षीय राजन विकको मृत्यु भएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८० १०:३८