News Griha :: न्यूजगृह
स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ

बाँके—नेपाल–भारत सीमावर्ती नाका जमुनाहाबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१५जमुनाहस्थित शर्मा गल्लीबाट शुक्रबार साँझ स्रोत नखुलेको रकमसहित २० वर्षीय सोहेलकुरेशीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाका अनुसार बाँकेको जयसपुरका कुरेशी मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गर्दा पक्राउ परेका हुन् । 

 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १०:५०
Weather Update