News Griha :: न्यूजगृह
सरकारले ठगी गर्ने सहकारीहरूलाई कारबाही गर्छ : मन्त्री श्रेष्ठ  

काठमाडौं— भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले सरकारले ठगी गर्ने सहकारीहरूलाई कानुनअनुसार कारबाही गरिने बताएकी छन् । 

बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले भनिन्, ‘सहकारी ठगी गर्नेलाई प्रचलित कानुनबमोजिम जाँचबुझ गरी कारबाहीको प्रक्रिया अघि बढाएका छौँ ।’

उनले सरकारले ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरिब परिचयपत्र वितरण कार्य सम्पन्न भएको जानकारी दिइन् ।

‘१५ वटा जिल्लामा गुनासो सुनुवाइको कार्यक्रम भइरहेको र १३ वटा जिल्लाहरूको तथ्याङ्क विश्लेषण गर्ने कार्य भइरहेको छ,’ उनले भनिन्, ‘आर्थिक वर्ष २०८०/८१ भित्र सबै जिल्लामा गरी गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण गर्ने गरी कार्यक्रम अघि बढाउने बेहोरा जानकारी गराउन चाहन्छु ।’

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १४:०४
Weather Update