News Griha :: न्यूजगृह
वैदेशिक रोजगारीलाई नै देश विकासको आधार मान्नुपर्ने अवस्था छ : मन्त्री भण्डारी

काठमाडौं— श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारी देश विकासको आधार भएको बताएका छन् । 

बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्री भण्डारीले वर्तमान अवस्थामा देशको विकासको आधार वैदेशिक रोजगारी नै भएको दाबी गरे । 

वैदेशिक रोजगारीमा जानु नेपालीको लागि बाध्यता भएको पनि उनको भनाइ छ । 

उनले देशको परिस्थिति, रोजगारको अवस्था, आर्थिक स्थिति र राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक मन्दीका कारण देश विकासको आधार वैदेशिक रोजगारीलाई मान्नुपर्ने अवस्था रहेको उल्लेख गरे । 

‘वैदेशिक रोजगारमा जानु भनेको बाध्यता हो । नेपालको अहिलेको परिस्थिति, रोजगारको अवस्था, आर्थिक स्थिति र अहिले रहेको राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक मन्दी सम्पूर्ण कुराले गर्दा नेपालको रोजगारको क्षेत्रमा जुन प्रभाव परेको छ, अहिले बाध्यात्मक अवस्था भए पनि केही वर्षलाई हामीले वैदेशिक रोजगारीलाई नै नेपालको समष्टिगत रूपमा विकासको आधार मान्नुपर्ने अवस्था छ । यो अत्यन्त दुःखदायी विषय हो,’ उनले भने । 

मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सुरक्षित र सम्मानित ढंगले गन्तव्यसम्म पठाउनुपर्नेमा जोड दिए । 

उनले श्रमिकहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पु¥याउनका लागि मन्त्रालयले विभिन्न सुधारात्मक कामहरू अगाडि बताएको बताए । 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १५:३१
Weather Update