News Griha :: न्यूजगृह
चितवनको दासढुंगामा यात्रुबाहक बस दुर्घटना, २८ जना घाइते

काठमाडौं— काँकडभित्ताबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस चितवनको दासढुंगामा दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर कार्कीले शुक्रबार बिहान पाँच बजे बस दुर्घटना भएको न्यूजगृहलाई जानकारी दिए ।

बाग्मती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस आफैं अनियन्त्रित भएर सडकबाट १० मिटर जति तल खसेको कार्कीकाे भनाइ छ ।

कार्कीका अनुसार दुर्घटनामा २८ जना घाइते भएका छन् । एक चार वर्षीय बालक गम्भीर घाइते छन् । उनको दुबै खुट्टा भाँचिएको छ ।

बस पल्टिएर त्रिशूली नदीतर्फको रुखमा अड्किएको कार्कीले जानकारी दिए । घाइतेहरूको भरतपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०७:२३
Weather Update