News Griha :: न्यूजगृह
ताप्लेजुङमा बाढीपहिरोको जोखिममा रहेका बस्ती स्थानान्तरण गरिने

ताप्लेजुङ— ताप्लेजुङमा बाढीपहिरोबाट उच्च जोखिम बस्तीलाई स्थानान्तरण गरिने भएको छ ।

बाढीपहिरोले बस्ती उच्च जोखिम अवस्था भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा सुरक्षित स्थानमा स्थानान्तर गर्न लागेको हो ।

बिहीबार जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले बाढीपहिराको उच्च जोखिममा रहेका सिदिङ्वा र मैवाखोला गाउँपालिकाका बस्ती स्थानान्तरणको अध्ययन गर्न विज्ञ टोली खटाउने निर्णय गरेको छ ।

बैठकले विज्ञ टोलीको अध्ययन प्रतिवेदनका आधारमा बस्ती तथा घर स्थानान्तरण गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  २१:४७
Weather Update