डोटीमा चट्याङ लागेर एकको मृत्यु

डोटी— डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बडिकेदार गाउँपालिका–५ दुदीलागाउँमा चट्याङ लाग्दा स्थानीय ६६ वर्षीय हर्कबहादुर बोहराको मृत्यु भएको प्रहरी चौकी खड्यौलीका इन्चार्ज भष्करदत्त पन्तले जानकारी दिए ।
आज दिउँसो २ बजेतिर घरको ढोका लगाउने क्रममा चट्याङ लाग्दा बोहराको मृत्यु भएको निजका छोरा सुरेश बोहराले जानकारी र्दिए । चट्याङका कारण सोही गाउँका डम्मरसिंह बोहराका छ वटा बाख्रा मरेका छन् । रासस
प्रकाशित मिति: बिहीबार, असार २८, २०८० १६:२६