
काठमाडौं— कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गाँजा उत्पादनबारे अध्ययन प्रतिवेदन तयार भएको जानकारी दिएका छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले गाँजा खेतीको सम्भावना र निकासी पैठारीबारे ठोस अध्ययन गरी प्रतिवेदन तयार पारिएको जानकारी दिए ।
‘गाँजाजन्य पदार्थको उत्पादन, बिक्रीवितरण, निकासी पैठारी, ओसारपसार, भण्डारण तथा उपयोग गर्ने व्यवस्था गर्ने र सोबाट समाजमा पर्न गएको सकारात्मक तथा नकारात्मक असर तथा अन्तर्राष्ट्रिय अभ्यास समेतको आधारमा नेपाल कानुनको आयोगबाट अध्ययन प्रतिवेदन तयार भइ आवश्यक कारबाहीको लागि प्रतिवेदन गृहमन्त्रालयमा पठाइसकेको छ,’ उनले भने ।
उनले विभिन्न अदालतमा रिक्त न्यायाधीश पदपूर्तिको लागि आवश्यक पहल भइहरेको बताए ।
छिटोछरितो न्याय सम्पादनको लागि मुद्दा व्यवस्थापनको अतिरिक्त कार्यविधि कानुनमा सुधार हुनुपर्ने उनको भनाइ छ ।