प्रहरीले खोजेर दियो सम्बन्धित धनीलाई हराएका ३४६ मोबाइलमंगलबार, साउन ९, २०८०

दार्चुलामा बेवारिसे शव फेला मंगलबार, साउन ९, २०८० दार्चुलामा एक बालिकाको बेवारिसे शव फेला परेको छ । जिल्लाको व्यास गाउँपालिका–४ डोकटको सुनकोट महाकाली नदी किनार क्षेत्रमा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

दिनभरका मुख्य मुख्य समाचार मंगलबार, साउन ९, २०८०

डीएसपी ठगबहादुर केसी बर्खास्त मंगलबार, साउन ९, २०८० गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गरेको छ ।

प्रहरीचौकी इञ्चार्ज मृत फेला घटनामा आमा छोरा पक्राउ मंगलबार, साउन ९, २०८० होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका लागि बाग्लुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नदीको बीचमा फसेका पाँच जनाको सकुशल उद्धार मंगलबार, साउन ९, २०८० बुटवल उपमहानगरपालिका १४ कैलाशनगर बस्ने ४२ वर्षीय जनक घर्ती, बुद्धनगरस्थित तिनाउ नदीमा फसेका ६४ वर्षीय मिनमहादुर गाहा,मायादेवी गाउँपालिकाका–६ का २६ वर्षीय अबदेश पाल, २० वर्षीय सुनिल पाल र सीयारी गाउँपालिका–२ का अबदेश कुमार यादवलाई उद्धार गरिएको हो ।

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु मंगलबार, साउन ९, २०८० राजगढ गाउँपालिका–६ जगाई टोल बस्ने ३५ वर्षीय उमेश मण्डल करेन्ट लागेर मृत्यु भएको हो । मोटरबाट पानी तानेर खेतमा लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।

काठमाडौंमा आपराधिक गतिविधि बढ्दो मंगलबार, साउन ९, २०८० जिल्ला प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौंभित्र बैंकिङ कसुर र आर्थिक अपराधका मुद्दा बढेको बताए । ‘पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिट्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी ठगी गर्ने प्रवृत्ति बढेको छ,’ उनले भने ।

ट्याक्सी दुर्घटना हुँदा एकको मृत्यु मंगलबार, साउन ९, २०८० मृतकको पहिचान खुल्न नसकेको प्रहरी निरीक्षक मिलन थापाले बताए । दुर्घटनामा १३ जना घाइते छन् । घाइतेमध्ये २ जनालाई थप उपचारका लागि झापा लगिएको छ । अन्यको जिल्लामै उपचार भइरहेको छ ।

सधैँ सताइरहने दब्ल्लाङको पहिरो मंगलबार, साउन ९, २०८० निरन्तर झरिरहने दब्ल्लाङको पहिरोले बागलुङको बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई सडक सञ्जालसँग सम्बन्धविच्छेद गराउँदै आएको छ । तीन वर्षदेखि निरन्तर गइरहेको पहिरोको विकल्प नहुँदा यात्रुहरू यतिबेला जोखिम मोलेर सो सडकमा यात्रा गर्न बाध्य छन् । दक्षिण भेगमा पर्ने बागलुङ नगरपालिका– १२, १३ र १४ वडा, जैमिनी नगरपालिका र बरेङ...

दाङको देउखुरी क्षेत्र डुबानमा मंगलबार, साउन ९, २०८० देउखुरीमा खहरे खोलामा बाढी आउँदा बस्तीहरु जोखिममा परेका छन् । कौडिया खोला र सिंगे खोलामा बाढी आउँदा तल्लो तटीय क्षेत्रमा रहेका बस्ती डुबानको उच्च जोखिममा छन् । अहिले पनि पानी परिरहेकाले दिनभर सतर्क रहन अपिल गरिएको छ ।

मकवानपुर प्रहरी प्रमुखमा रिजाल मंगलबार, साउन ९, २०८०
बाढीमा फसेका २ जनाको उद्धार मंगलबार, साउन ९, २०८० बुटवल उपमहानगरपालिका— ११ मजुवास्थित तिनाउ नदीकोबीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका बुटवल—१४ कैलाशनगरका जनक घर्तीलाई सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयको प्रयासमा उद्धार गरिएको हो ।