मकवानपुरमा खोलाले बगाउँदा ४ वर्षीय बालिकाको मृत्युआइतबार, भदौ ३, २०८०

बाढीले ढालेका सीमा स्तम्भ संरक्षणका लागि समिति गठन आइतबार, भदौ ३, २०८० गत असारमा आएको बाढीले दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिकामा ४ वटा सीमा स्तम्भ ढले । कमल खोलामा आएको बाढीका कारण गौरीगञ्ज क्षेत्रभित्र मात्रै ढलेका ४ वटा सीमा स्तम्भ ढलेको महिनादिन बितिसक्दासमेत उठाउन चासो नखेखाएको भन्दै गौरीगञ्ज गाउँपालिका–५ का वडा अध्यक्ष विजयसिंह गन्गाईको संयोजकत्वमा ११ सदस्यीय समिति सीमा स्तम्भ संरक्षण समिति गठन...
खुल्यो बेँसीसहर–चामे सडक आइतबार, भदौ ३, २०८० पहिरोले अवरुद्ध बनाएको लमजुङ र मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ ।

चोरिएका २ बच्चासहित एक जना सशस्त्रकाे नियन्त्रणमा आइतबार, भदौ ३, २०८० बाराको देवताल गाउँपालिका—३ अमुवाबाट आइतबार सशस्त्र प्रहरीले चोरिएका २ बच्चाहरूसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सीमावर्ती इलाकामा गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई शंका लागी आलमले बोकेको बोरा जाँच गर्दा २ बच्चा फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

बाढीले पुरिएको एक करोड ५६ लाख नगद फेला आइतबार, भदौ ३, २०८० बाढीले पुरिएको बैंकको भवन खोतल्दा प्रभु बैंकको ५१ लाख ६२ हजार २२६ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको एक करोड पाँच लाख ३२ हजार ९६४ फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडलले जानकारी दिए ।

रसुवामा २ केजी सुन बरामद, दुई पक्राउ आइतबार, भदौ ३, २०८० प्रहरीले रसुवाबाट २ केजी सुन सहित २ जनालाई पक्राउ गरेको । पक्राउ पर्नेमा २४ वर्षीय सुदीप शेर्पा छन् । टिमुरेबाट स्याफ्रुबेँसी गइरहेका शेर्पालाई शनिबार साँझ सुरक्षा जाँच गर्दा २ केजी सुन फेला परेको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख डीएसपी सुवास बुढाथोकीले बताए ।

गाउँमा मोटर पुग्यो, खच्चडले सामान बोक्न रोकिएन आइतबार, भदौ ३, २०८० पछिल्लो समय सवारी साधानहरू गाउँघरमा पुगे पनि वर्षाका कारण जान कठिन भएको छ । जिल्लाको दरबाङलगायत बजारबाट खाद्यान्नसहित दैनिक सामाग्री खच्चडलाई बोकाउन ग्रामीणबासी बाध्य भएका छन् ।

बलात्कारको अरोपमा बेलबारीका एमाले नेता पक्राउ आइतबार, भदौ ३, २०८० बलात्कारको आरोपमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल बेलबारी नगर कमिटी अध्यक्ष पक्राउ परेका छन् ।

भदौ ३ गते आइतबारको राशिफल आइतबार, भदौ ३, २०८० भदौ ३ गते आइतबार । साउन शुक्ल चतुर्थी तिथि । पञ्चाङ्ग साध्य वणिज हस्ता । राशिफल ।

सुन तस्करीमा पक्राउ परेका चिनियाँसँग भारतीय आधारकार्ड शनिबार, भदौ २, २०८० प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले पक्राउ परेकामध्ये दुई जनासँग भारतीय आधार कार्ड रहेको पाइएको बताए । तीन जना चिनियाँसँग भने जिल्ला प्रशासन कार्यालय काभ्रेबाट जारी गरिएको नागरिकता र एक जनासँग जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको नागरिकता फेला परेको पनि उनले बताए ।

सरकारले चालेको कदममा विश्राम हुँदैन : गृहमन्त्री श्रेष्ठ शनिबार, भदौ २, २०८० राज्यको व्यावसायिक, पेसागत रुपमा दक्ष र जिम्मेवार संरचना र संयन्त्रहरूले काम गरिरहेकाले सुन काण्डको अनुसन्धानका लागि अर्को उच्चस्तरीय समिति बनाउन आवश्यक नरहेको उनको भनाइ थियो । पोखरामा आयोजना पत्रकार भेटघाटमा गृहमन्त्री श्रेष्ठले सुन काण्डको सीआईबीले अनुसन्धानको प्रक्रिया अघि बढाउँदा दोषीहरू पत्ता लाग्ने र उनीहरूलाई कानुनको दायरामा ल्याउन सकिने स्पष्ट पारे...

भाइको हत्या आरोपमा दुई पक्राउ शनिबार, भदौ २, २०८० प्रहरीले परीक्षणका लागि शवलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो । घटनास्थलमा प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसमेत झिकाएर अनुसन्धान गरिएको थियो । अभियुक्तले रिसइवीका कारण सुन्दरको हत्या गरेको प्रहरीसमक्ष बयान दिइसकेका छन् । प्रहरी हिरासतमा रहेका दुवै अभियुक्तलाई कर्तव्य ज्यानको अभियोगमा कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको...