गाउँमा मोटर पुग्यो, खच्चडले सामान बोक्न रोकिएन

काठमाडौं— म्याग्दीको पहाडी भूभागमा भरपर्दो सामान ढुवानीको साधानका रुपमा खच्चडलाई प्रयोग गरिँदै आएको छ ।
पछिल्लो समय सवारी साधानहरू गाउँघरमा पुगे पनि वर्षाका कारण जान कठिन भएको छ । जिल्लाको दरबाङलगायत बजारबाट खाद्यान्नसहित दैनिक सामाग्री खच्चडलाई बोकाउन ग्रामीणबासी बाध्य भएका छन् ।
मोटर बाटो पुगेसँगै खच्चडहरू कठिन घोरेटो बाटोभन्दा सडक मार्गबाटै हिँडाउने गरिन्छ ।
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८० ११:१८