News Griha :: न्यूजगृह
सुन तस्करीमा पक्राउ परेका चिनियाँसँग भारतीय आधारकार्ड

काठमाडौं—  हङ्कङबाट मोटरसाइकलमा राख्ने 'ब्रेक शु'मा लुकाएर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले पक्राउ परेकामध्ये दुई जनासँग भारतीय आधार कार्ड रहेको पाइएको बताए । तीन जना चिनियाँसँग भने जिल्ला प्रशासन कार्यालय काभ्रेबाट जारी गरिएको नागरिकता र एक जनासँग जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको नागरिकता फेला परेको पनि उनले बताए ।

हालसम्म उनीहरूसहित २३ जनालाई सुन तस्करी प्रकरणमा पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । गत साउन ३ गते ठीक एक महिनाअघि राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर लैजान लागिएको सुनसहितको एक सय ५५ किलो रहेको 'ब्रेक शु' बरामद गरेको थियो । दुई हप्ताको अनुसन्धानपछि थप अनुसन्धानका लागि विभागले सीआईबीलाई हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  २१:४३
Weather Update