News Griha :: न्यूजगृह
बलात्कारको अरोपमा बेलबारीका एमाले नेता पक्राउ
सांकेतिक तस्बिर

काठमाडौं— बलात्कारको आरोपमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल बेलबारी नगर कमिटी अध्यक्ष पक्राउ परेका छन् ।

मोरङको बेलबारी नगरपालिका–१० घर भएका ३४ वर्षीय काशीराज तामाङलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २० वर्षीया युवतीको किटानी जाहेरीका आधारमा तामाङलाई पक्राउ गरिएको हो । उनीविरुद्ध साउन २४ गते जाहेरी परेको थियो ।

तामाङले आफ्नै रेष्टुरेन्टमा बोलाएर बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १०:४७
Weather Update