पाल्पामा जन्ती बोकेको जीप दुर्घटनाशनिबार, वैशाख ८, २०८१

गुल्मीको विद्युत सबस्टेसनमा आगलागी शनिबार, वैशाख ८, २०८१

काठमाडौंका यी स्थानमा आज ९ घण्टासम्म विद्युत अवरूद्ध हुने शनिबार, वैशाख ८, २०८१ काठमाडौंका विभिन्न स्थानमा आज साढे २ घन्टादेखि ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ।नेपाल विद्युत प्राधिकरणका अनुसार जोरपाटी वितरण केन्द्रको मुलपानी फिडर र डांछी फिडर तथा रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडर अन्तर्गत पर्ने विभिन्न स्थानहरूमा बिजुली काटिने भएको हो।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने शनिबार, वैशाख ८, २०८१ दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी...

पश्चिम नवलपरासीमा आगलागी हुँदा १० घर जलेर नष्ट शुक्रबार, वैशाख ७, २०८१ आगलागीमा ८ वटा बाख्राको जलेर मरेको र १० वटा कच्ची घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए। एक्कासि सल्किएको आगोले स्थानीय चन्द्रिका धोबी, राजेश धोबी, बुलाकी धोबी, भिकारी धोबी, चन्ना धोबी, केश मोहमद अन्सारी, मुरिदिन अन्सारी, ईझार अन्सारी, नुरहोद पठान र इदरिस पठानको घर जलेको...

लापसे चेकिङमा पाँच चालक पक्राउ शुक्रबार, वैशाख ७, २०८१ नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले चेक गर्दा लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ।

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुनसहित एक महिला पक्राउ शुक्रबार, वैशाख ७, २०८१ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ८५० ग्राम सुनसहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा थाइ एअरलाइन्सको टीजी ३१९ नंको उडानबाट शुक्रबार नेपाल आएकी भारतीय महिला सहिना प्रभिन सुनसहित पक्राउ परेकी हुन्।

नेशनल पेमेन्ट गेटवे प्रकरण : सुनील पौडेल दोषी ठहर, सचिव मरासिनीसहित ८ जनालाई सफाइ शुक्रबार, वैशाख ७, २०८१ विशेष अदालतले राष्ट्रिय भुक्तानी प्रणाली स्थापनामा अनियमितता गरेको आरोपमा सुनील पौडेललाई दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले भ्रष्टाचारको आरोप लागेका सचिव मधुकुमार मरासिनीसहित अरू ८ जनालाई सफाइ दिएको हो ।

आन्दोलनमा भएको क्षतिको जरिवाना तिर्न राप्रपालाई काठमाडौं महानगरको पत्र शुक्रबार, वैशाख ७, २०८१ गत चैत २७ गते राप्रपाले गरेको जनप्रदर्शनको क्रममा काठमाडौं महानगरको विभिन्न क्षेत्र फोहोर गरेको र ट्राफिक आइल्यान्डमा क्षति पुर्याएको भन्दै महानगरले जरिवाना तिराउने निर्णय गरको हो।

सुप्रिम सहकारी ठगी प्रकरणमा धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान शुक्रबार, वैशाख ७, २०८१ सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन जेल चलान भएका छन्। शुक्रबार रूपन्देही जिल्ला अदालतले पुनलाई चार लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर पुनले चार लाख धरौटी जम्मा गर्न नसकेपछि जेल चलान गरिएको रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिएका छन्। धरौटी जम्मा गरेपछि उनी...

काठमाडौं–तराई–मधेस द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत शुक्रबार, वैशाख ७, २०८१ रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनालाई जिम्मेवारी सुम्पिएको काठमाडौं–तराई–मधेस द्रूतमार्ग सहित चारवटै उत्तर–दक्षिण रणनीतिक सडकको निर्माणमा विनियोजित बजेटअनुरुप शतप्रतिशत नै लक्ष्य हाँसिल भइरहेको बताएका छन्।

आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु शुक्रबार, वैशाख ७, २०८१ स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको आगो निभाउने क्रममा आज जलेर मृत्यु भएको छ।

प्रधानमन्त्रीसँग माडीबासीको गुनासोः तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो शुक्रबार, वैशाख ७, २०८१ चितवनको माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका छन्। सिंहदरबारमा आज प्रधानमन्त्रीसँग भेट गर्दै प्रतिनिधिमण्डलले नगरबासीले भोग्नुपरेका समस्या समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गरिदिन आग्रह गरेका हुन्।