त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ८५० ग्राम सुनसहित एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा थाइ एअरलाइन्सको टीजी ३१९ नंको उडानबाट शुक्रबार नेपाल आएकी भारतीय महिला सहिना प्रभिन सुनसहित पक्राउ परेकी हुन्।
विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले भने, 'सेतो प्लास्टिकलाई बाहिरबाट कालो टेपले बेरेर भित्री कपडा भित्र लुकाएर ल्याएको अवस्थामा अर्धठोस अवस्थामा रहेको सुनजस्तो देखिने दुई पोका पहेँलो धातु अन्दाजी (प्लास्टिकसहित) ८५० ग्राम सुनसहित निजलाई पक्राउ गरिएको हो।'
यसअघि बिहीबार पनि प्रहरीले विमानस्थलबाट एक किलो ७० ग्राम बेवारिसे अवस्थामा रहेको सुन बरामद गरेको थियो।
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१ २०:३६