News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
पाल्पामा जन्ती बोकेको जीप दुर्घटना

पाल्पा— पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन। जसमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ।

पाल्पाको निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ। शुक्रबार राति लु १ ज २५३५ नम्बरको जिप जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा सो दुर्घटना भएको हो।

Prabhu Bank

भित्री कच्ची सडकमा दुर्घटना हुँदा जीपमा सवार १७ जनामध्ये १० जना घाइते हुन पुगेका थिए। घाइतेहरूको उपचारका लागि रामपुर अस्पतालमा पठाइएको छ।

जीप चालक फरार रहेकाले खोजी कार्य जारी राखिएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ११:१७
Weather Update